पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य १० रुपैयाँ बढ्यो

काठमाण्डु टुडे २०७९ जेठ १ गते १५:०५ मा प्रकाशित

काठमाण्डु, १ जेठ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको हो। अब पेट्रोल प्रति लिटर रु १७० र डिजल तथा मट्टीतेलको बिक्री मूल्य प्रति लिटर रु १५३ कायम गरिएको छ।

नयाँ बिक्री मूल्य शनिबार राती १२ बजे देखि लागू हुने निगमले जनाएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us