
काठमाण्डु, १४ असार– राजधानीको लगनस्थित जैसीदेवलमा घर भत्कँदा चार जनाको मृत्यु भएको छ ।
जैसीदेवल श्वेत भैरवमा भत्काउँदै गरेको पुरानो घर अचानक भत्किँदा पुरिएर चार जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाण्डुले जनाएको छ ।
मत्यु हुनेमा घर बनाउने ठेक्कान लिएका पोतबहादुर पाण्डे, मजदुरहरु नुवाकोटका ४२ वर्षीय गणेशकुमार विक, धादिङ बैरेनीका विष्णु भण्डारी र खोटाङका २० वर्षीय भूपाल मगर छन् । तीन जनाको घटनास्थलमै र मगरको बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
दुर्घटनामा घाइते भएका पाँच मजदुरको उद्धार गरिएको छ घाइते मंगलबहादुर भुजेल, जीवन मगर, राजन तामाङ, मानबहादुर तामाङ र मसिना विकको वीर अस्पतालमा उपचार भइरहेको छ । अर्का एक जना खण्डहरुमा पुरिएको आशंका छ ।
घर भत्काउने काम गरिरहेका मजुदर तल्लो तलामा बसेर खाना खान लागेका बेला माथिल्लो तल्ला खसेर पुरिएको बताइएको छ ।