
काठमाण्डु, २२ वैशाख– विहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य १४ सय रुपैयाँले उकालो लागेको छ । आजको मूल्य तोक्दै महासंघले सुनको मूल्य घटेको जानकारी दिएको हो ।मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ६०० रुपैयाँ घटेको छ ।
यस्तै, तेजाबी सुनको मूल्य ९८ हजार १०० रुपैयाँ तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बुधबार छापावाल सुनको मूल्य ९७ हजार २०० र तेजाबी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ छ ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । महासंघले आजका लागि चाँदीको कारोबार मूल्य १३ सय ५ रुपैयाँ तोकेको छ । हिजो बुधबार यसको कारोबार १२ सय ९० रुपैयाँमा भएको थियो ।