सेयर बजारमा पहिरो 

काठमाण्डु टुडे २०७९ वैशाख १९ गते १९:०२ मा प्रकाशित

काठमाण्डु, १९ वैशाख– साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार मापक नेप्से चरिसूचकमा पहिरो गएको छ ।

लागातार ओरालो लाग्दै आएको बजार सोमबार सोमबार ४८.७३ अंकले घटेको हो । योसँगै नेप्से २ हजार ३ सय ७ दशमलब ४४ बिन्दुमा झरेको छ । समग्रमै बजार २.०७ प्रतिशतले घटेको छ । कूल २ सय २८ कम्पनीका कूल ३१ हजार ४ सय ४ कारोबारबाट १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार २९२ रुपैयाँ बराबरको ३९ लाख ७८ हजार ७९ कित्ता सेयर किनबेच भएको छ ।

जालपा सामुदायिक लघुवित्तको सेयर मूल्य सबैभन्दा उच्च ९.९९ प्रतिशतले बढेर १२५६.८० रुपैयाँ पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us