
काठमाण्डु, १९ वैशाख– साताको दोस्रो दिन सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तोक्दै सुनको कारोबार मूल्य घटेको जानकारी दिएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २०० रुपैयाँ छ ।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार र तेजाबी सुनको मूल्य ९८ हजार ५०० रुपैयाँ थियो ।
साथै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा आइपुगेको छ । हिजो आइतबार चाँदीको मूल्य तोलामा १३ सय रुपैयाँ थियो । वैशाख ५ गते तोलामा १ लाख २ हजार ५०० कायम भएको सुनको मूल्य लगातार घटिरहेको छ ।