माधव नेपालद्वारा सत्ता गठबन्धन छाड्ने चेतावनी

काठमाण्डु टुडे २०७९ वैशाख ५ गते ७:५५ मा प्रकाशित

काठमआण्डु, ५ वैशाख– सत्तारूढ पाँच दलीय गठबन्धनप्रति नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने चेतावनी दिएका छन् ।

स्थानीय तह निर्वाचनका लागि गठन भएको सत्तारूढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा सहभागी एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसाल र उपमहासचिव डा. विजय पौडेलले एक महानगरपालिकाको नेतृत्व आफ्नो पार्टीले नपाए चुनावी तालमेलबारे छलफल गर्न नसकिने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

गठबन्धनको बैठक सकेर महासचिव भुसाल र उपमहासचिव पौडेल पार्टी सचिवालय बैठकमा आइतबार सहभागी भएका थिए । सचिवालय बैठकमा संयन्त्रको बैठकमा भएको छलफलबारेमा जानकारी गराउँदै महानगरपालिकाको नेतृत्व नदिने गरी गठबन्धनका नेताले षड्यन्त्र गरिरहेको नेपाललाई बताएका थिए । राजधनाी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us