
काठमाण्डु – विश्वकपमा सबैको आँखा खेलाडीमा हुन्छ । उनीहरुले गोल गर्दा समर्थकहरु खुसीले गदगद हुन्छन् ।
सबैको मन जितिरहेका हुन्छन् । त्यसमा पनि संसारभर नाम चलेका खेलाडीको त अझै बढि चर्चा हुने गर्दछ । उनीहरुको खेल कौशलको तारीफ गरिरहेका भेटिन्छन् ।
त्यस्तै मैदान बाहिर नजर लगाउँदा ती खेलाडीसँग जोडिएर आउने पात्रहरुले पनि सबैको ध्यान तान्न सक्छन् ।
खेलाडीका दिलमा राज गरिरहेका सुन्दरी र उत्तेजक ‘प्रेमीका र श्रीमती’हरुले सबैको मन लोभ्याइरहेका हुन्छन् ।
ग्रेविएला जेजी – यी दक्षिण अमेरीकन प्रसिद्ध मोडल ब्राजिलका खेलाडी नेयमारकी प्रेमिका ।
नटालिया वेलेज – कोलम्बीयाकी सुपर मोडल राडभेल फाल्काओकी प्रेमिका ।
अमरा सिलाजडिक– बोस्नीयाकी मोडल एडिन जेकी प्रेमिका ।
लाइआ ग्रासी – स्पेनिश कला निर्देशक सान्चेजकी श्रीमती ।
अलेक्स जेरार्ड – इंग्ल्याण्डका स्टेफेन जेरार्डकी श्रीमती ।
इरीना शायक – रोनाल्डोकी राजकुमारी ।
सारा काबोनेरो – खेल पत्रकार तथा टेलिभिजन कार्यक्रम संचालिका स्पेनका गोलकिपर कासीलासकी श्रीमती ।
ऐन क्याथरीन ब्रोभेल – गायीका तथा मोडल मारीयो गोत्जेकी प्रमिका ।