काँग्रेस–एमाले कार्यकर्ताबीच झडप

काठमाण्डु टुडे २०७१ असार ७ गते ९:०७ मा प्रकाशित

धनगढी, ७ असार– संविधानसभा उपनिर्वाचनको पूर्वसन्ध्यामा कैलाली–६ को फूलबारीमा गएराति एमाले र काँग्रेस कार्यकर्ताबीच झडप भएको छ ।
NC-&-UCPNM
झडपमा काँग्रेस कार्यकर्ताको से ३ प ८०१२ र से २ प ३३२१ नम्बरको मोटरसाइकलमा एमाले कार्यकर्ताले तोडफोड र आगजनी गरेका छन् ।
काँग्रेसले आचारसंहिताविपरीत चुनावप्रचार–प्रसार गरिरहेको भन्दै एमाले कार्यकताले आक्रमण गरेका हुन् ।
काँग्रेसले तोडफोडमा संलग्न एमाले कार्यकर्ताहरु कृषि विकास बैंकका कर्मचारी अनिल सुवेदी र भुवन रिजालविरुद्ध प्रहरी चौकी फूलबारीमा किटानी जाहेरी दिएको छ ।
यता जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रमेश पण्डितले घटनाबारे विस्तृत जानकारी नआएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us