आइतबार ३०० ले घट्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ माघ ९ गते ११:१० मा प्रकाशित

काठमाण्डु, ८ माघ– साताकाे पहिलाे दिन आइतबार सुनकाे मूल्य प्रतिताेला ३००ले घटेकाे छ । गत साताकाे अन्तिम दिन शुक्रबारकाे तुलनामा चालु साताकाे पहिलाे दिन आइतबार ताेलामा ३००ले घटेर छापावाल सुन प्रतिताेला ९३ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल  सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघअनुसार  गत साताकाे अन्तिम दिन शक्रबार  छापावाल सुन तोलाको ९३ हजार ८०० रुपैयाँमा  कारोबार भएको थियो ।

यसैगरी, आइतबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ ।   चाँदीको भाउ प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us