
तनहुँ, ७ असार –तनहुँमा मोटरसाइकल र जीप आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ ।
तनहुँकोको चिसापानी–७ पाउँदीमा भएको दुर्घटनामा लमजुङ बेसीशहर नगरपालिका–११, भीमसेनस्थानका २६ वर्षीय नन्दलाल श्रेष्ठको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको उपचारका लागि चितवन मेडिकल कलेज पुर्याएकामा त्यहीँ मृत्यु भएको प्रहरलिे जनाएको छ।
डुम्रेबाट बेसीशहर जाँदै गरेको ग १ च ७२४९ नम्बरको जीप र बेसीशहरबाट डुम्रेतर्फ जाँदै गरेको ग ७ प ४१९१ नम्बरको मोटरसाइकल घुम्ती सडकमा ठोक्किएर दुर्घटना भएको हो ठक्कर दिएर भाग्दै गरेको जीप र चालक गोखरा च्याङलिका सीताराम कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।