बढ्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ माघ ६ गते ११:५३ मा प्रकाशित

काठमाण्डु, ६ माघ– नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

बुधबारको तुलनामा बिहीबार सुन तोलामा एक हजार रुपैयाँले बढेको छ । महास‌ंघका अनुसार बुधबार छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार २०० सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us