
काठमाण्डु, ६ असार– एकीकृत नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले दुई माओवादीबीच छिट्टै पार्टी एकता हुने बताएका छन् ।
प्रगतिशील रुपान्तरण आन्दोलनले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा सचिव चन्दले दुई माओवादीबीच एकताको आधार बन्दै गएको बताए ।
एकताबारे दुई दलको शीर्ष तहमा विभिन्न चरणमा वार्ता भएको र असहमतिहरु साँघुरिँदै गएको उनको भनाइ थियो । ‘दुई माओवादी एकताको आधार तयार हुँदै गएको छ’, चन्दले भने, ‘ विमतिहरु घट्दै गएका छन् । दुई पार्टीबीच खुला वातावरणमा सकारात्मक छलफल भइरहेको छ ।
मिल्ने आधार तयार भएको छ ।’ उनले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शाति प्रक्रियामा आएपछि भएका गल्ती स्वीकार गरिसकेकाले सहमतिको वातावरण बनेको बताए । यद्यपि उनले सँगै हुँदा र अलग भएपछि पनि आफूहरुबाट समेत गल्ती भएको स्वीकार गरे