
काठमाण्डु, ६ असार– निर्वाचन आयोगले काठमाण्डु–२ बाट निर्वाचन आचारसंहिताविपरीत अनुमति नलिई चलाइएका ६ वटा गाडी नियन्त्रणमा लिएको छ ।
आयोगले अनुमति नलिई चलाइका गाडी काठमाण्डुका डाँची र थलीबाट नियन्त्रणमा लिएको हो । काँग्रेसका ३, राप्रपा नेपालका २ र नेकपा संयुक्तको एउटा गाडी नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।