
कैलाली, ६ असार – नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नेपाल जस्तो जातीय र सांस्कृतिक विविधता भएको मुलुकका लागि संसदीय पद्धति नै उपयुक्त भएको बताएका छन् ।
मिडिया नेपालद्वारा शुक्रबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता देउवाले संसद्बाट निर्वाचित हुने कार्यकारी प्रधानमन्त्री र संवैधानिक राष्ट्रपतिसहितको राजनीतिक व्यवस्थाले मात्र मुुलकलाई सही बाटामा डो¥याउन सक्ने जानकारी दिए ।
विगत संविधानसभामा राज्यको शासकीयस्वरुपबारे समयमै सहमति हुन नसक्दा संविधान बन्न नसकेको स्मरण गराउँदै पूर्वप्रधानमन्त्री देउवाले निर्धारित समयमै संविधान आउने विश्वास व्यक्त गरे ।