
इलाम, ६ असार – दूध, चिया र अदुवाको उत्पादनदेखि बजारीकरणसम्म भइरहेका समस्यालाई समाधान गर्न पूर्वाञ्चलका सातवटा पहाडी जिल्लामा समावेशी सहयोग कार्यक्रम सुरू गरिएको छ ।
इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, भोजपुर र सङ्खुवासभा जिल्लामा सन् २०१४ जनवरीदेखि कार्यक्रम सुरू गरिएको समावेशी सहयोग कार्यक्रम इलामका प्रमुख रूद्र बरालले जानकारी दिए ।
दूध, चिया र अदुवाको उत्पादनदेखि बजारीकरणसम्म रहेका विविध समस्यालाई समाधान गरी किसानको आयस्तर वृद्धि गर्ने उद्देश्यले पहाडी जिल्लामा यो कार्यक्रम सञ्चालन गरिएको हो ।
डेनमार्क सरकारको रु सात अर्बको लगानीमा सञ्चालन गरिएको यो कार्यक्रम पाँच वर्ष चल्नेछ । मुख्य कार्यालय धनकुटामा स्थापना भएको छ ।
दूध, चिया र अदुवाको बजार पूर्वाधार निर्माण, मूल्य, बजारमा किसानको पहुँच अभिवृद्धिलगायतका कार्यक्रम सञ्चालन गरिने बरालले जानकारी प्रष्ट पारे ।