ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

काठमाण्डु टुडे २०७१ असार ६ गते ४:४३ मा प्रकाशित

हेटौँडा, ६ असार – त्रिभुवन राजपथको पालुङबाट भैँसेतर्फ आउँदै गरेको ना२प ८६८२ नं. को ट्याक्टरको ठक्करबाट गएराति एक १२ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुने बालिका मकवानपुरको नामटार–३ बस्ने १२ वर्षीया शर्मिला ब्लोन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  बालिका मामाघरबाट सोही ट्याक्टरमा चढी आई सकेर ओर्ली सडकमा हिँडिरहेको बेलामा ट्याक्टरले ठक्कर दिएको थियो ।
ट्याक्टर चालक फरार रहेको र बालिकाको शव अहिले हेटौँडा अस्पताल ल्याउँदै गरेको जिल्ला प्रहरीको नियन्त्रण कक्षले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us