
काठमाण्डु, ६ असार – संविधानसभा उपनिर्वाचनकालागि आजबाट मौन अवधि सुरु भएको छ । पर्सी आइतबार हुने उप निर्वाचनकालागि गएराति १२ बजे देखि प्रचार प्रसार रोकिएको हो । अब उम्मेदवारले प्रचार प्रसारकालागि घरदैलो, सभा सम्मेलन कुनैपनि गर्न पाउने छैनन् ।
आइतबार देशका ४ वटा निर्वाचन क्षेत्रमा उप निर्वाचन हुदँै छ । काठमाण्डु, क्षेत्र नम्बर २ मा एमाले बरिष्ठ नेता माधबकुमार नेपालले, चितवन ४ मा नेपाली कांग्रेसका सभापति एबं प्रधानमन्त्री सुशील कोइरालाले, बर्दिया १ मा एमाले उपाध्यक्ष बामदेब गौतम र कैलाली क्षेत्र नम्बर ६ मा कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले छाडेपछि ती क्षेत्रहरुमा निर्वाचन हुन लागेको हो ।
४ वटै क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका बीचमा त्रिपक्षिय प्रतिस्पर्धा हुने छ । सवै क्षेत्रमा विद्युतिय मेसिनबाट मतदान हुने भएकाले नतिजापनि सोही दिन सार्वजनिक गर्ने निर्वाचन आयोगले तयारी गरेको छ ।