उपनिर्वाचन हुने क्षेत्रमा आजदेखि तीन दिन मदिरा निषेध

काठमाण्डु टुडे २०७१ असार ६ गते १:०२ मा प्रकाशित

काठमाण्डु, ६ असार– के तपाईं ८ असारमा उपनिर्वाचन हुने क्षेत्रमा बस्नुहुन्छ र मदिरा सेवन गर्दै हुनुहुन्छ ? ख्याल गर्नुस् प्रहरीको फन्दामा पर्नुहोला ।
सरकारले ती क्षेत्रमा आजदेखि तीन दिन मदिरा जन्य वस्तुको उत्पादन, ओसार–पसार बेचविखन र सेवा निषेध गरेको हो ।

उपनिर्वाचन हुने काठमाण्डु र चितवन जिल्ला प्रशासन कार्यालयले बिहीबार ने सूचना प्रकाशित गरी शुक्रबार, शनिबार र निर्वाचन हुने दिन आइतबार मदिरा ओसार–पसार र बेचखिनमा रोक लगाएको हो । सूचनाको अवज्ञा गरेको पाइएमा कडा कारबाही हुने उल्लेख छ ।
काठमाण्डु–२, चितवन–४, बदिर्या–१ र कैलाली–६ मा ८ असारमा उपनिर्वाचन हुँदैछ । यसैबीच गएरातिदेखि मौन अवधि सुरु भएको छ । मौन अवधिमा चुनाव–प्रचार प्रसार, भोजभतेर र हातहतियार ओपारपसारमा प्रतिबन्ध लगाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us