नायिका सुष्मा कार्कीलाई प्रेमीले कुटे

काठमाण्डु टुडे २०७१ असार ५ गते १४:१८ मा प्रकाशित

sushmaकाठमाण्डु, ५ असार–नायिका सुष्मा कार्की र उनका प्रेमी निरन विचको लफडा सधै नै मिडियामा आइरहेको हुन्छ ।

सुष्मा र निरन केही समयअघि ब्रेकअप भएको भन्दै भिन्दै बसेका थिए । तर फेरिपछि सुष्मा र निरन एकसाथ रेष्टुरेन्ट संचालन गरिरहेका छन् ।
यही क्रममा पूर्वमा आयोजना भएको एक कार्यक्रममा सुष्मा र निरनविच झगडा भएको बुझिएको छ । व्यक्तिगत झगडा परेपछि निरनले सुष्मालाई स्टेज पछाडि कुटेका थिए । सुष्मा र निरनको झगडालाई प्रहरीले छुट्टाएको थियो ।
श्रोतले बताएअनुसार सुष्मा झगडा परेपछि रुदै स्टेजमा गएर नृत्य गरेकी थिइन् ।

दुइको झगडा कुन बिषयमा भयो भन्ने पुष्टि भएको छैन । आपसी झगडा परेकाले पनि आफूहरुले छुट्टाएको मात्र प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us