
सर्लाही, ५ असार– दाजुलाई काठको चिर्पट प्रहार गरी मारेको अभियोगमा सुन्दरपुर चुहरवा–५ बस्ने २४ बर्षीय अपु महमद अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।
निजले ४५ बर्षीय दाजु मुस्ताफा अन्सारीलाई जग्गाको बिषयलाई लिएर भएको झगडामा असार ४ गते १६ः३० बजे दाउराको चिर्पटले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा लैजानेक्रममा बाटैमा मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।