एन्फा चुनाव १५ जेठमा

काठमाण्डु टुडे २०७८ पुष २३ गते १७:५७ मा प्रकाशित

काठमाण्डु, २३ पुस– अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमिति निर्वाचन आगामी १५ जेठ गते हुने भएको छ । एन्फा कार्यसमितिको बैठकले आवधिक निर्वाचनका लागि १५ जेठको मिति तय गरेको स्रोतले जनाएको छ ।

वैशाख २०७५ मा भएको एन्फाको पछिल्लो निर्वाचनबाट कर्माछिरिङ शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो । एन्फाको विधानअनुसार प्रत्येक चार वर्षमा आवधिक निर्वाचन गर्नुपर्छ ।

वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङलगायत कार्यसमितिका सात असन्तुष्ट पदाधिकारी तथा सदस्यहरूले बैठकको लिखित माग गरेपछि एन्फाको बैठक बिहीबारलाई बोलाइएको थियो ।

१९ एजेन्डामा छलफलका लागि बोलाइएको बैठकमा केन्द्रीय सदस्य किरण राईले थप्न चाहेका तीनसहित २२ विषयमा छलफल भइरहेको छ ।

बिहीबार बैठक सम्पन्न नभएपछि शुक्रबारसम्म लम्बिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us