
काठमाण्डु, ५ असार – एमाले सचिव शंकर पोखरेलले झलनाथ खनाल र माधवकुमार नेपालसाग नवौ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने नैतिक र बैधानिक आधार नभएको दावी गरेका छन ।
रिपोर्टर्स क्लब नेपालमा विहीबार आयोजित साक्षात्कारमा उनले माधवकुमार नेपाल बरिष्ठ नेतासहित तीन पटक कार्यकारी भईसकेको र खनाल पनि पहिला महासचिव र अहिले अध्यक्ष भईसकेकोले विधान अनुसार उहाँहरुले उम्मेदवारी दिनै नसक्ने ठोकुवा गरे ।
साक्षात्कारमा पोखरेलले भने– माधवकुमार नेपाल र झलनाथ खनालले उम्मेदवारी दिने हो भने विधान संसोधन गर्नुपर्छ । उहाँहरुले रहर नै गर्नुभएको हो भने विधान संसोधन गरिदिउँला तर जित्ने त केपी ओली नै हो ।
पार्टीको नीति र विचार केपी ओलीको भएकोले अब नेतृत्व पनि उहाँकै हुने भन्दै महाधिवेशन प्रतिनिधि चयनमा ओली पक्षमा चमत्कार भएको बताए ।
ओलीको स्वास्थ्य अवस्थालाई लिएर भईरहेको बहसलाई लिएर उनले पार्टी विचारले हाँक्ने भएकोले ब्यक्तिको स्वास्थ्यले कुनै फरक नपार्ने दावी गर्दै ओली अहिले पनि सक्रियनै रहेको बताए ।
संविधान निर्माणको क्रममा एमालेको शासकीय स्वरुप र संघीयताको विषयमा स्पष्ट बटमलाईन भएको भन्दै कार्यकारी प्रधानमन्त्री र थोरै संख्या भएको बहुपहिचानसहितको संघीयताबाट पछि नहट्ने स्पष्ट पारे ।