पुष्पा, किरण र नरेन्द्रले ढाकामा खेल्ने

काठमाण्डु टुडे २०७८ पुष २२ गते १८:०२ मा प्रकाशित

काठमाण्डु, २२ पुस–  बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली एथलेटिक्स टोली शुक्रबार बंगलादेशको ढाका प्रस्थान गर्दैछ ।

जनवरी १० तारिखमा हुने म्याराथनमा पुष्पा भण्डारी, किरणसिंह बोगटी रज्वार र नरेन्द्रसिंह रावतले प्रतिस्पर्धा गर्ने छन् ।

पुष्पा र किरणले गत संस्करणमा पनि सहभागिता जनाएका थिए । त्यस संस्करणमा पुष्पाले स्वर्ण जितेकी थिइन् भने किरण चौथो भएका थिए ।

नरेन्द्रको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो । प्रशिक्षकमा मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङ रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us