महाकालीमा ट्रयाक्टरसहित दुई बेपत्ता

काठमाण्डु टुडे २०७१ असार ४ गते १५:०१ मा प्रकाशित

 दार्चुला, ४ असार– दार्चुलाको महाकाली लोकमार्गअन्तर्गत किम्तडी नजिक ट्रयाक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा ट्रयाक्टर धनी बाजुरा दौकडी–४ का ५० वर्षीय इन्द्र बुढा र खलङ्गा–१, मसिन बालुवाका १२ वर्षीय शेरसिंह ठगुन्ना छन् ।  ढुङ्गा बोकेर आउँदै गरेको ट्रयाक्टरको अगाडिको भाग टुटेर सडकबाट महाकाली नदीमा खस्दा उनीहरु बेपत्ता भएका हुन् ।

चालक टेकबहादुर बुढा र स्थानीय हीरादेवी ठगुन्ना ट्रयाक्टरबाट  हाम फालेर जोगिन सफल भएका छन् । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेपत्ताहरुको सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी गरिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us