काठमाण्डु, १३ पुस– उज्वेकिस्तानमाथि सनसनी जित हासिल गर्दै नेपालले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गरेको छ । साविक विजेता समेत रहेको नेपालले मंगलबार भएको फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएको हो ।
ढाकामा मंगलबार भएको ५ सेटको फाईनल खेलमा उज्वेकिस्तानविरूद्ध २६– २४,२४– २६,२५– १५,२२– १५,१५– ११ को शानदार जित निकाल्दै नेपाल उपाधि रक्षा गर्न सफल भएको हो ।
पहिलो खेलमा श्रीलंकामाथि ३–२ को नाटकीय जित निकालेको नेपालले दोस्रो खेलमाा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।यस्तै, तेस्रो खेलमा आयोजक बंगलादेशविरूद्ध ३– ० को जित निकालेको थियो ।
चौथो खेलमा उज्वेकिस्तानविरूद्ध ३– ० को जित निकालेको थियो । र चौथो खेलमा किर्गिस्तानलाई ३– ० को सोभो सेटमा हराउदै अपराजि रहेर फाईनल पुगेको थियो ।