पहिलो चरणमै नतिजा निस्कन्छ, हामी सम्पूर्ण टिमसहित जित हात पार्नेछौंः गगन थापा

काठमाण्डु टुडे २०७८ मंसिर २७ गते १३:४० मा प्रकाशित

काठमाण्डु, २७ मंसिर– नेपाली कांग्रेसको १४औ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार रहेका गगन थापाले आफ्नोपक्षको टिम नै विजयी हुने दाबी गरेका छन्। उनले पहिलो चरणबाटै नतिजा आउने दाबी गरे। उनले भने, ‘मेरो विचारमा पहिलो चरणमै नतिजा निस्कन्छ र हामी सम्पूर्ण टिमसहित जित हात पार्नेछौं।’

‘अब लाखौं नयाँ मानिसहरुलाई कांग्रेसमा जोडेर पहिलो पार्टी बनाउनुपर्नेछ,’ महाधिवेशनस्थल भृकुटीमण्डपमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘यहाँ नआएका मान्छेलाई कांग्रेस बनाउनुपर्ने छ। अनि मात्र नेपाली कांग्रेस पहिलो पार्टी बन्नेछ।’ कांग्रेसलाई कांग्रेसजस्तो बनाउने आफूहरुको सङ्‍कल्प रहेकाले महाधिवेशन प्रतिनिधिहरुले साथ दिने उनले बताए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us