
काठमाण्डु, २६ मंसिर– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले १४ महाधिवेशन अन्तर्गत सोमबार हुने मतदानका लागि शेरबहादुर देउवाको प्यानललाई भोट मागेका छन् ।
मतदानको अघिल्लो दिन आयोजित कार्यक्रममा सिटौलाले सडकमा बसेर आफूले देउवालाई समर्थन गर्ने बताए । देउवाको टीममा परिपक्कदेखि युवा टिम रहेको भन्दै उनले भने, शेरबहादुर देउवालाई सभापतिमा किन निरन्तरता नदिने ? के बिग्रिएको छ ?’