सभापतिको साझा उम्मेदवार टुङ्ग्याउन संस्थापनइतर समूहको बैठक पुनः साँझ बस्ने

काठमाण्डु टुडे २०७८ मंसिर २४ गते १४:४५ मा प्रकाशित

काठमाण्डु, २४ मंसिर– सभापतिको साझा उम्मेदवार टुङ्ग्याउन भन्दै नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक पुन आज साँझ बस्ने भएको छ।

शुक्रबार महाधिवेशन उद्घाटन कार्यक्रम सुरू हुनु केही समय अगाडि वरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमा भएको छलफलमा साझा उम्मेदवार तय गर्न नसकेपछि बैठक पुनः बस्ने भएको छलफलमा सहभागी एक नेताले जानकारी दिए।

पौडेलनिवास बोहराटारमा साझा उम्मेदवारका लागि नेताहरू मिनेन्द्र रिजाल, बलबहादुर केसी, महेश आचार्य, अर्जुननरसिंह केसी, गगन थापालगायत नेताले पहल गरेका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us