काठमाण्डु, ८ मंसिर– अमेरिका र तालिबानले पुन: वार्ता गर्ने भएका छन् । दुबै पक्षबीच आगामी हप्ता कतारमा पुन: वार्ता हुन लागेको हो ।
अमेरिकी विदेशमन्त्रालयका प्रवक्ता नेड प्राइसले मंगलबार दुबै पक्षबीच बैठक बस्न लागेको र बैठकमा आ-आफ्ना ‘राष्ट्रिय चासो’बारे छलफल हुने जानकारी गराएका हुन् ।
अमेरिका र तालिबानबीच दुई हप्तासम्म चल्ने वार्तामा इस्लामिक स्टेट (आईएस-के) तथा अलकायदाविरुद्धको लडाइँ, अफगानिस्तानको मानवीय संकट, संकटग्रस्त अर्थतन्त्रबारे छलफल हुने टीआरटी वर्ल्डले जनाएको छ ।