
काठमाण्डु, २५ कात्तिक– प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखहरुले बिहीबार(आज) सपथ लिएका छन् ।
बिहीबार राष्ट्रपति भवन शीतल निवासमा प्रदेश १ का पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हुन् ।