गायक भक्तको ‘काफल टिप्न जाउँ’ मा नग्मा र कमलको रोमान्स

काठमाण्डु टुडे २०७८ असोज २० गते १५:२३ मा प्रकाशित

काठमाण्डु, २० असोज– अमेरिकाको पेन्सिलभेनिया निवासी भक्त घलेको स्वर, शब्द र संगीतमा समावेश ुकाफल टिप्न जाउँु बोलको बिल्कुलै नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा गाउँघरका साथीभाईहरु संगको खेतबारी काम गर्दाको र वनपाखामा गाइगोरु चराउदाको रमाइलो यादहरुलाई व्यक्त गरिएको छ।

अर्ग्यानिक टेस्टको गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा वरिष्ठ कलाकार कविता आलेको साथमा कमल सिंह र नग्मा श्रेष्ठ बीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको यस भिडियोलाई उत्शव दाहाल छायांकन गरेका हुन्।

शिलन लम्सालले सम्पादन गरेको भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो। गायक घलेको आधिर्कारिक च्यानल भक्त घले मार्फत भिडियो सार्वजनिक गरिएको हो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us