नयाँदिल्ली– भारतमा एक महिलाले आफ्ना नवजात शिशुलाई १३० पाउण्ड रुपैयाँमा बेचेकी छन् ।
उक्त रकम नेपाली २१ हजार नेपाली रुपैयाँ हुन आउँछ । पश्चिम बंगालको जलपाइगुडीकी ३२ वर्षीया गौरी साहले १० दिनका छोरा बिक्री गरेकी हुन् । उनको छोरा सन्तान नभएका एक दम्पत्तिले किनेका हुन् ।
उनले गरिबीका कारण छोरा बेच्नुपरेको भारतीय सञ्चारमाध्यले जनाएका छन् । यसअघि नै तीन छोरी रहेकामा छोरा पेटमा रहेकै बेला ८ महिनाअघि श्रीमान बेपत्ता भएका थिए । आर्थिक अवस्था कमजोर भएका कारण कयौं दिन बालबच्चासहित भोकै बस्नु परेको उनले बताइन् ।
बालकको किन बेच भएको विषयमा स्थानीयले विरोध जनाएपछि प्रहरीले उद्धार गरेको छ । तर गौरीले आफ्नो छोरा लिन अस्वीकार गरेकी छन् । शिशुलाई बालगृहमा राखिएको छ । उनले आफ्ना बालबच्चा पाल्ने आधार ७० वर्षीया आमाले सडकमा मागेर ल्याउने केही पैसाबाहेक केही नभएको बताइन् ।
आफू अस्पतालबाट डिस्चार्ज भएपछि सन्तान नभएको एक दम्पत्तिले बच्चा दिन प्रस्ताव गरेको र आफूले पैसा लिएर दिएको उनले बताइन् । उनले सरकारले सहयोग गरे आफ्नो छोरा फिर्ता लिन तयार रहेको बताएकी छन् ।