राष्ट्रपतिका उम्मेदवार बम आक्रमणबाट बचे

काठमाण्डु टुडे २०७१ जेठ २३ गते ११:०९ मा प्रकाशित

काबुल, २३ जेठ – पश्चिम काबुलमा शुक्रबार भएको बम विस्फोटबाट अफगानिस्तानमा हुन लागेको राष्ट्रपति निर्वाचनका एकजना उम्मेदवार बाचेका छन् ।

स्थानीय समयअनुसार शुक्रबार मध्यान्हमा आतङ्ककारीद्वारा गरिएका दुई बम विस्फोटबाट अफगान राष्ट्रपतिका उम्मेदवार अब्दुल्लाह अब्दुल्लाह भागेर बाच्न सफल भएका समाचारमा उल्लेख गरिएको छ ।

यस घटनाको विस्तृत विवरण भने प्राप्त भइसकेको छैन । अफगानिस्तानमा यसै महिना राष्ट्रपतिका लागि दोस्रो चरणको निर्वाचन हुँदैछ । सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us