ठगी गिरोहका प्रमुख पक्राउ

काठमाण्डु टुडे २०७१ जेठ २२ गते ७:५७ मा प्रकाशित

काठमाण्डु २२ जेठ- हाउजिङ नाममा प्रलोभन देखाएर रकम संकलन गरी ठगी गर्ने गिरोहका  प्रमुख सुमन श्रेष्ठ पक्राउ परेका छन ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले रोवियस जिस्टार विल्डर्स एण्ड डेभलप्मेन्ट प्रालिका संचालक श्रेष्ठलाई पक्राउ गरेको हो ।

हिजो साँझ भक्तपुरबाट पक्राउ परेका उनलाई काठमाण्डौं जिल्ला अदालतमा पेश गरिएको बताइएको छ ।

श्रेष्ठले २०६५ सालमा ललितपुरको छम्पीमा रहेको रोवियस जिस्टार विल्डर्स एण्ड डेभलप्मेन्ट प्रालिको नाममा १४ तलाको दुईवटा भवन निर्माण गरी ३ सय २४ वटा फ्ल्याट दिने भन्दै विज्ञापन गरी ७६ जनाबाट ८ करोड २१ लाखबढी रकम उठाएका थिए ।

काठमाण्डौं जिल्ला अदालतले ठगी मुद्दामा पुस ११ गते १ बर्ष कैद र ९७ लाख ५४ हजार रुपैयाँ जरीवानाको फैसला सुनाएको थियो । सोही मुद्धामा संलग्न कला पौडेललाई ब्यूरोले गत बैशाख १३ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेश गरिसकको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us