
काठमाण्डु २२ जेठ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सुर्यबहादुर थापाले नेता लोकेन्द्रबहादुर चन्दसहितका नेताहरुलाई कार्वाहीको तयारी गरेका छन ।
पार्टीको बिधान विपपरित चन्दले आफूलाई अध्यक्ष घोषणा गरेर पार्टी कब्जा गर्न खोजेको आरोप लगाउँंदै थापाले कार्वाहीको तयारी गरेका हुन । थापाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक जेठ २५ गतेका लागि बोलाएका छन ।
थापा निकट एक नेताले भने ‘बैठकमा उहाँंहरुलाई पनि बोलाइन्छ,बैठकमा पनि अराजक शैली अवलम्बन गर्नु भयो भने उहाँहरुलाई कार्वाही हुन्छ ।’ चन्दले गत सोमबार थापाको नेमप्लेट हटाएर आफनो नेम प्लेटमा अध्यक्ष लेखेर पदभार ग्रहण गरेका थिए ।
दुवै पक्षका कार्यकर्ताको भिड बढन थालेपछि राप्रपाको कार्यालयमा एक सय भन्दा धेरै प्रहरी तैनाथ गरिएको छ ।
एक बर्ष अघि महाधिवेशनमा भएको सहमति अनुसार चन्दलाई अध्यक्ष बनाइएको उनी पक्षधर नेताहरुको दावी छ भने थापा पक्षले पार्टीको बिधानमा आलोपालोको व्यवस्था नरहेको प्रष्टोक्ति दिदै आएको छ ।