खोप किन्न एडीबीले नेपाललाई १९ अर्ब दिने

काठमाण्डु टुडे २०७८ साउन ८ गते ७:२९ मा प्रकाशित

काठमाण्डु, ८ साउन–  बहुपक्षीय ऋणदाता एशियाली विकास बैंक (एडीबी) ले कोरोना भाइरसविरुद्धको खोप किन्न नेपाललाई (१६५ मिलियन अमेरिकी डलर) करीब रू.१९ अर्ब ६३ करोड ऋण दिने भएको छ ।

सरकारले खोप किन्न एडीबीसँग गरेको ऋणसम्बन्धी प्रस्तावलाई हालैको एडीबी बोर्ड बैंकले अनुमोदन गरेको हो । अर्थ मन्त्रालय वैदेशिक महाशाखामार्फत त्यससम्बन्धी प्रस्ताव पठाइएको थियो । एडीबीले डिसेम्बर २०२० मा ९ अर्ब डलरको एशिया प्यासिफिक खोप पहुँच सुविधा कार्यक्रम सार्वजनिक गरेको थियो ।

नेपाल सरकारको प्रस्तावमा यही कार्यक्रमअन्तर्गत रहेर एडीबीले नेपाललाई यो ऋण दिन लागिएको हो । एडीबीका अनुसार एशिया प्यासिफिक क्षेत्रका देशमा खोपको पहुँच पु-याउने एडीबीको कार्यक्रम छ । एडीबीले यस ऋणबाट १ करोड ५९ लाख डोज खोप किन्न पुग्ने अनुमान गरेको छ । यसले करीब ६८ लाख नागरिकलाई महामारीबाट बचाउन सहयोग पुग्ने र खोपको राष्ट्रिय अभियानमा सघाउन पुग्ने एडीबीका अध्यक्ष मासाटुगु आशाकावाले बताएका छन् ।

जीवनरक्षाका निम्ति अत्यावश्यक खोप किन्न तथा आफ्ना नागरिकहरूलाई संक्रमणबाट बचाउन शीघ्र खोप किनी लगाउन अपरिहार्य भएको एडीबीका अध्यक्ष आशाकावाको भनाइ छ । अर्थतन्त्रलाई पुनर्जीवन दिन र नागरिकका दैनिकी एवं आर्थिक गतिविधि पुनःसञ्चालन गर्न नेपालका निम्ति खोप उपयोगी हुने विश्वाससमेत उनले व्यक्त गरेको एडीबीद्वारा बिहीवार जारी विज्ञप्तिमा उल्लेख छ । आर्थिक अभियानबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us