तेलंगना भारतको २९ औँ राज्य

काठमाण्डु टुडे २०७१ जेठ १९ गते ३:४६ मा प्रकाशित

काठमाण्डु, १९ जेठ– भारतमा आजदेखि २९ औं राज्यका रुपमा तेलंगना राज्य अस्तित्वमा आएको छ ।
telanganaआन्ध्र प्रदेशबाट अलग भएर तेलंगना राज्य स्थापना भएको हो । तेलंगाना राष्ट्र समिति पार्टीका प्रमुख चन्द्रशेखर रावले आज पहिलो मुख्यमन्त्रीका रुपमा सपथ लिएका छन् ।

नयाँ राज्य कायम भएको खुसीयालीमा हैदरावाद शहरलाई गुलावी रंगमा तुल र झण्डाहरुले झकिाझकाउ बनाइएको छ । तेलंगाना राष्ट्र समितिको झण्डा पनि गुलाबी रंगको छ । छुट्टै राज्य स्थापना भएको खुसीयालीमा सर्वसाधारणले सडकमा अबिरजात्रा गरेका छन् ।

साढे तीन कराेड जनस‍ख्या रहेकाे नयाँ प्रदेशमा हैदरावादसहित १० जिल्ला समेटिएका छन् । हैदरावाद आगामी १० वर्षका लागि दुवै राज्यको राजधानी हुने भएको छ ।  तेलंगनालाई सन् १९५६ मा आन्ध्र प्रदेशमा गाभिएको थियो । त्यसको तीन वर्षपछि सन् १९६९ यता छुट्टै राज्यको माग गर्दै आन्दोलन हुँदै आएको थियो । तेलंगनालाई छुट्टै राज्य बनाउने विधेयक गत फेब्रुअरीमा पारित भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us