माओवादी केन्द्र परित्याग गरेका चार मन्त्री सांसद पदबाट पदमुक्त

काठमाण्डु टुडे २०७७ चैत २६ गते १५:१६ मा प्रकाशित

काठमाण्डु, २६ चैत– नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमालेमा प्रवेश गरेका चारजना मन्त्रीको सांसद खोसिएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रले कारबाही गरेको चार सांसद पदमुक्त भएको जानकारी गराएका हुन् ।

माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवालयलाई पत्र पठाएर एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी दिएका दिए ।

संविधानविद् टीकाराम भट्टराईका अनुसार प्रतिनिधिसभा सदस्य नहुनेवित्तिकै मन्त्री पद रिक्त हुन्छ । ‘उहाँहरुलाई पदमा कायमै राख्ने हो भने पुनस् नियुक्ति गर्नुपर्छ’ उनले भने । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन् । चारैजना सांसद मन्त्री थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us