
काठमाण्डु, १२ चैत– काठमाडौंको कोटेश्वर र गौरीघाटस्थित गुट्खा गोदाममा प्रहरीले छापा मारेको छ ।
भन्सार छलेर सो सामग्री काठमाडौं ल्याउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी घर भएका मदन शाह रौनियार र श्रवण कुमार सिंह छन् ।
कोटेश्वरमा रहेको रौनियारको गोदाम र गौरीघाटस्थित सिंहको गोदामबाट दाँत सफा गर्न प्रयोग गरिने गुल, भारतीय कम्पनीको चुरोट र रेडबुल पनि प्रहरीले बरामद गरेको छ ।
वीरगञ्ज लगायतका नाका छलेर सो सामान काठमाडौं ल्याएको उनीहरुले प्रहरीलाई बताएका छन् । सामानसहित उनीहरुलाई कारवाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाइने एसएसपी खापुङले बताए ।