नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ पुग्यो

काठमाण्डु टुडे २०७७ चैत ११ गते १७:०८ मा प्रकाशित

काठमाण्डु, ११ चैत– नेपालमा पछिल्लो २४ घण्टामा थप १४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३९६३ जनामा भएको आरटी पीसीआर परीक्षणमा १४५ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार ४०३२ जनामा भएको परीक्षणमा १८८ जनामा संक्रमण पुष्टि भएको थियो । बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ ।

बुधबार काठमाडौंमा ५३ जना र कास्कीमा २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरेना भाइरस संक्रमणबाट १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us