फेरि घट्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७७ फागुन २८ गते ११:३७ मा प्रकाशित

काठमाण्डु, २८ फागुन–शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ , बुधबारको तुुलनामा बिहीबार सुनको मूल्य केही बढेपनि शुक्रबार भने पुनः घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार र शुक्रबार छापावाल सुनको मूल्य तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।

बिहीबार भने सुनको मूल्य तोलामा ८६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै शुक्रबार तेजावी सुन तोलामा ८५ हजार ७ सय ५० रुपैयाँमा र चाँदी तोलामा १२ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us