कसको सरकार भन्ने टुंगो नलागेका मन्त्रीको नाटक हेर्न सकिएन, हामी हिंड्यौंः प्रचण्ड

काठमाण्डु टुडे २०७७ फागुन २३ गते १८:५५ मा प्रकाशित

काठमाण्डु, २३ फागुन–नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले संसद छाडेको नभई मन्त्रीहरुको नाटक हेर्न नसकेर बाहिरिएको प्रतिक्रिया दिएका छन् ।

सरकारले संसद छलेर ल्याउको संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेस हुने भएपछि संसद बैठक बहिस्कार गरेर निस्कने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सरकार कुन पार्टीको भन्ने नै स्पष्ट नभएको अवस्थामा मन्त्रीहरुले पाठ गरेको नाटक हेर्न नसकेर हिंडेको बताए । ‘हामीले संसद छोडेर हिँडेका होइनौं ।

यो सरकारका मन्त्रीहरूले पाठ गरेको नाटक हेर्न सकिएन, त्यही भएर हामी निस्कियौं’, उनले भने, ‘कसको सरकार भन्ने नै टुंगो नलागेका मन्त्रीहरूको नाटक हेरेर बस्न सकिएन । त्यही भएर बैठक बहिष्कार गरेका हौं ।’

प्रचण्डले वैधता गुमाएको सरकारका मन्त्रीहरुले पेस गर्ने अध्यादेश हेरेर बस्न कुनै पनि दृष्टिले लोकतान्त्रिक र राजनीतिक नहुने भएकाले बाहिरिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us