प्रचण्ड–नेपाल पक्ष संसदमा प्रतिपक्षी दलको बेञ्चमा

काठमाण्डु टुडे २०७७ फागुन १९ गते १०:४५ मा प्रकाशित

काठमाण्डु, १९ फागुन– नेकपाको प्रचण्ड–नेपाल पक्षका सांसदहरु संसद् बैठकमा प्रतिपक्षी दलको स्थानमा बस्ने भएका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि पहिलोपटक २३ फागुनमा संसद बैठक बस्दैछ । आफूले गरेको प्रतिनिधिसभा विघटन सर्वोच्चले बदर गरेपछि प्रधानमन्त्री केपी ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सर्त प्रचण्ड–नेपाल समूहको छ ।

उक्त समूहले ओलीलाई पार्टीको साधारण सदस्य र संसदीय दलको नेताबाट हटाइसकेको छ । नेकपाका हाल १ सय ७३ सांसद छन् । दुवै पक्षले संसदमा आफ्नो बहुमत रहेको दाबी गरिरहेका छन् ।

संसद बैठकको मिति नजिकिँदै गर्दा एकअर्का पक्षको सांसद आफूतिर तान्ने प्रयास तीव्र भएको छ । सांसदहरुलाई समूह बदल्न मन्त्री र पैसाका अफर आइरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us