काँग्रेसको सभामा केपी ओली समूहद्वारा आक्रमण

काठमाण्डु टुडे २०७७ फागुन ४ गते २१:५३ मा प्रकाशित

बैतडी, ४ फागुन– नेकपा ओली समूहका कार्यकर्ताले बैतडीमा नेपाली काँग्रेसको आमसभामा आक्रमण गरेका छन् ।

बैतडीको डिलासैनीमा मंगलबार आयोजित काँग्रेस सभामा ्ओली समूहका कार्यकर्ताले ढुंगामुढा गरेका थिए । ओली पक्षधर जयराज जोशी नेतृत्वमा करिब २ सय जना नेपाली काँग्रेसमा प्रवेश गरेपछित सभामा आक्रमण गरिएको नेपाल विद्यार्थी संघका पूर्वसभापति नैनसिंह महरले जानकारी दिए ।

सभामा केन्द्रीय सदस्य एनपी साउद, डिला संग्रौला, महरलगायत सहभागी थिए । ओलीका कार्यकर्ताले हानेको ढुंगा नेता साउदलाई लागेको थियो । यद्यपि उनलाई चोट भने छैन । घटनामा तीन काँग्रेस कार्यकर्ता घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us