
काठमाण्डु, २४ माघ– आज मुलुकका केही स्थानमा वर्षात र हिमपात हुने भएको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मुलुकका केही स्थानमा आंशिक र केही स्थानमा समान्य बदली हुने जनाएको छ । अपराह्न सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको महाशाखाको भनाइ छ ।
मुलुकका उच्च पहाडी र हिमाली क्षेत्रमा वर्षात र हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।