
काठमाण्डु, १४ माघ– धेरै ढिलो गरी नेपालको राजनीतिक अवस्थाबारे अमेरिकाले चासो प्रकट गरेको छ ।
राष्ट्रपतिमा ट्रम्पको बहिर्गमन र बाइडेनको बहालीसँगै बीचमा छलिँदै आएका राजदूत ¥याण्डी बेरीले मंगलबारमात्रै कांग्रेस सभापतिसहितका केही राजनीतिक नेतृत्वसँग भेट गरेका छन् ।
उनले नेपालको लोकतान्त्रिक अभ्यासमाथि बाधा पुग्ने कुनै पनि कदममा आफ्नो देश सकारात्मक नहुने बताउन थालेका छन् । उसले पनि बुझेको हुुनुपर्छ– केपी ओलीले आफ्नो कुर्सीमाथि आएको संकट टार्न संसद विघटन गरेका हुन् ।
ओलीले प्रचण्ड–माधवबाहेक सबैलाई संगठित गर्छु भन्ने सोचेका छन् । लोभ देखाएर भए पनि कांग्रेस र मधेसी फुटाउँछु भन्ने दम्भ बाँकी नै छ । संघीयता विरोधी र हिन्दू राष्ट्र पक्षधरलाई मिलाएर चुनावमा जाने नियत प्रष्टै देखिन्छ । शायद, यस्तै कारण हुनुपर्छ, अहिलेसम्म रक्षा मन्त्रालय आफैँसँग राखेको । जनआस्था साप्ताहिकबाट