
काठमाण्डु, ९ जेठ–भारतका भावी प्रधानमन्त्री नरेन्द्र मोदी आकस्मिक रुपमा नेपाल आउने भएका छन् ।
मोदी पशुपतिनाथको दर्शनका लागि प्लेन चार्टर गरेर आज राति नेपाल आउन लागेका हुन् । उच्च सुरक्षा स्रोतका अुनसार मोदी पशुपति नाथको दर्शन र पूजाआराधना गरी करिब आधा घण्टाको नेपाल बसाइपछि नयाँदिल्ली फर्कने छन् । निर्वाचनमा विजयी भएसँगै उनले आफूलाई पशुपतिनाथले जिताएको बताएका थिए ।
मोदी आउने भएपछि राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल बसाइका क्रममा उनले राजनीतिक भेटवार्ता भने गर्ने छैनन् । हालै सम्पन्न संसदीय निर्वाचनमा मोदीको पार्टी भारतीय जनता पार्टीले स्पष्ट बहुमत ल्याएको थियो ।
उनले आगामी मंगलबार पद तथा गोपनियताको सपथ लिंदैछन् । सपथग्रहण समारोहमा नेपालका प्रधानमन्त्री सुशील कोइरालासहित सार्क क्षेत्रका सबै मुलुकका सरकार प्रमुखलाई निम्ता पठाइएको छ ।