संसद विघटनविरुद्ध बहस गर्ने वकिललाई जम्मा ३० मिनेट

काठमाण्डु टुडे २०७७ माघ ७ गते १२:१० मा प्रकाशित

काठमाण्डु, ७ माघ– प्रतिनिधिसभाविरुद्ध दायर रिटमाथिको सुनुवाइमा अधिवक्ताहरुका लागि बोल्ने समय तोकिएको छ ।

बहस लामो भएको भन्दै प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराले बुधबारदेखि समय निर्धारण गरेका हुन् । उनले बहसमा भाग लिने अधिवक्ताले जम्मा ३० मिनेट मात्र बोल्ने पाउने गरी समय निर्धारण गरिएको जानकारी इजलासमा गराएका छन् ।

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले ३० मिनेटको समय कम हुने भन्दै एक घण्टा छुट्याउन आग्रह गरेका थिए । तर, प्रधानन्यायाधीश जबराले अस्वीकार गरे । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि गत आइतबारदेखि लगातार बहस हुँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us