काठमाण्डु , २१ असोज — साताको तेस्रो दिन आज सुनको भाउ ओरालो लागेको छ ।
आज तोलामा ८ सयले घटेर प्रतितोला ९४ हजार १ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै, आज तेजावी सुन तोलामा ९३ हजार ६ सयमा कारोवार भइरहेको छ ।
त्यस्तैगरी ,आज चाँदीको मूल्य पनि घटेर तोलाको ११ सय ७५ रुपैंयामा कारोवार भइरहेको महासंघले जनाएको छ ।