आज पनि सुनको मुल्यमा भारी गिरावट

काठमाण्डु टुडे २०७७ असोज ८ गते १२:१२ मा प्रकाशित

काठमाण्डु , ९ असोज — आज पनि नेपाली बजारमा सुनको भाउमा भारी गिरावट आएको छ ।

आज तोलामा १२ सयले घटेर प्रतितोला ९३ हजार ३ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै, आज तेजावी सुन ९४ हजार ३ सय रुपैंयाका कारोवार भइरहेको महासंघले बताएको छ ।

त्यस्तैगरी ,आज आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य घटेर प्रतितोला ११२० रहेको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us